सुर्खेत : अधिकतम माइलेजर सुबिधासहित बजाज कम्पनीको तीन पाङग्रे अटो बजारमा आएको छ । बजाज कम्पनीको कर्णाली प्रदेशस्तरिय अधिकृत बिक्रेता असिम अटो पार्टसले आरई भिएस सिक्स नामको सुविधा सम्पन्न अटो बिहीदेखी सुर्खेतसहित कर्णालीका बजारमा ल्याएको हो । यो अटो बिएस सिक्स फयुल इन्जीन एफ आई प्रविधिमा नेपालमै पहिलो पटक भित्रिएको हो । जसका कारण अटोमा उच्चतम पावर र अधिकतम माइलेज प्रदान गर्दछ ।
अटो मोटिभ रिसर्च एशोसियसन अफ इण्डिया( एआरएआई) का अनुसार यो अटोले प्रतिलिटर ३० किलोमिटर माइलेज प्रदान गर्दछ । एफएम तथा एपपी थ्रीसहित यो अटोमा अन्य बिशेषताहरु पनि जडान गरिएको छ । यात्रुका लागी ढोका, पछाडी हेर्ने ठुलो खालको सीसा, चालकको लागी आराम तथा फुट बिश्राम र यात्रुले बाहिर सजिलैसंग हेर्न सकिने गरी हुडको डिजाइन गरिएको कम्पनीको कर्णाली प्रदेशस्तरिय बिक्रेता असिम अटोका प्रवन्धक रोशन घर्तीले जानकारी गराए । उनका अनुसार यो अटो खरिद गर्दा सहज फाइनान्सको सुविधासमेत उपलब्ध छ।