अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, पाटनको चर्चमा गरे विहे

कर्णालीपत्र संवाददाता १३ फाल्गुन २०७७, बिहीबार १३:०२

काठमाडौं । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो ।

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् ।

विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ । दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् ।

भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिलिटर ३० किमी माइलेज दिने बजाजको सुविधा सम्पन्न अटो बजारमा

१३ फाल्गुन २०७७, बिहीबार १३:०२
सुर्खेत : अधिकतम माइलेजर सुबिधासहित बजाज कम्पनीको तीन पाङग्रे अटो बजारमा आएको छ । बजाज कम्पनीको कर्णाली प्रदेशस्तरिय अधिकृत बिक्रेता असिम अटो पार्टसले आरई भिएस सिक्स नामको सुविधा सम्पन्न अटो बिहीदेखी सुर्खेतसहित कर्णालीका बजारमा ल्याएको हो । यो अटो बिएस सिक्स फयुल इन्जीन एफ आई प्रविधिमा नेपालमै पहिलो पटक भित्रिएको […]