कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

कर्णालीपत्र संवाददाता १३ फाल्गुन २०७७, बिहीबार १२:५२

   

काठमाडौं ।  । पार्टी विभाजनपछि कतै नलागी बसेका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड-माधव पक्षको तयारीप्रति असहमति जनाएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि विराटनगरबाट काठमाडौं पुगेका पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वको सरकार बनाउन जान नहुने बताए ।  उनले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै सोही अभियानमा लाग्ने जनाए ।

पण्डितले भने-बहुमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहन्छु ।

नेता पण्डितले पार्टीलाई एक बनाउने विषय असम्भव नरहेकाले त्यसका लागि आफूले छलफल चलाउने बताए ।

तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिंदै आएका थिए । एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर उनी प्रचण्ड-माधव समूहमा पनि सार्वजनिक रुपमा भने खुलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, पाटनको चर्चमा गरे विहे

१३ फाल्गुन २०७७, बिहीबार १२:५२
काठमाडौं । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् । विहेमा सीमित आफन्त मात्र […]