कृषि उद्यम केन्द्रको सञ्चालक समितिमा कंडेल

कर्णालीपत्र संवाददाता ४ फाल्गुन २०७७, मंगलवार २१:४६


सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव एवम युवा उद्यमी लक्ष्मण कँडेल कृषि उद्यम केन्द्रको सञ्चालक समितिमा मनोनित भएका छन् । नेपाल उद्योग बाणिज्य अन्र्तगतको केन्द्रमा सञ्चालक समितिका सभापति अरुणराज सुमार्गीले महासचिव कंडेललाई मनोनित गरिएको जनाएका छन ।
कषि पेशालाई उद्योगको रुपमा विकास गर्न केन्द्रले विगतदेखी प्रभावकारी भूमिका निर्वाह गर्दे आएको छ । सञ्चालक समितिका सभापति सुमार्गीले कंडेलको मनोनयनले केन्द्रलाई प्रभावकारी रुपमा अगाडी बढाउनमा समन्वयकारी भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको जनाएका छन् ।
कंडेल महासंघका बर्तमान अध्यक्ष शेखर गोल्छा निकट मानिन्छन। केन्द्रको सञ्चालक समितिमा सुर्खेतबाट पहिलो पटक मनोनित कंडेलले आफूले कणर्ालीको कृषिका सम्भावित क्षेत्रको पहिचानसँगै यस क्षेत्रका कृषि बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार गर्नमा आफूले सहजीकरण गर्ने बताए ।
‘कणर्ाली कषिमा राम्रो संभावना भएको प्रदेश हो, तर लगानी र उपयुक्त बजार व्यवस्थापन नहुँदा कृषि क्षेत्र पछि परेको छ, ,’ कंडेलले भने, ‘ कृषिलाई निजीबाट लगानीको वातावरण बनाउने र प्रवद्र्धन गर्नमा मेरो समन्वयकारी भूमिका हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

४ फाल्गुन २०७७, मंगलवार २१:४६
    काठमाडौं ।  । पार्टी विभाजनपछि कतै नलागी बसेका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड-माधव पक्षको तयारीप्रति असहमति जनाएका छन् । सर्वोच्च अदालतको फैसलापछि विराटनगरबाट काठमाडौं पुगेका पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वको सरकार बनाउन जान नहुने बताए ।  उनले पार्टी एकताको सम्भावना समाप्त […]