एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि बाहिरिए

कर्णालीपत्र संवाददाता २२ माघ २०७७, बिहीबार १८:५४

काठमाडौं । आम हड्तालका क्रममा कार्यकर्ताले एमसीसी खारेज गर भन्ने नारा लगाएपछि विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

पुल्चोकमा नाराबाजीका क्रममा एमसीसी खारेज गर भनिएपछि प्रचण्डले सँगै रहेकी सो मोर्चाकी कमाण्डर पम्फा भुसाललाई ‘यो रोक्न लाउनुस’ भनेको भिडियोमा सुनिन्छ ।

एमसीसी खारेज गर भन्दा अरुले ‘खारेज गर खारेज गर’ भने पनि अध्यक्ष प्रचण्ड, विदेश विभाग उपप्रमुख विष्णु रिजाल लगायतका नेता भने अप्ठेरो मानेर उभिएका थिए । केन्द्रीय सदस्य हरि दाहालले सो नारा नलाउन भने पनि केहीबेरमा फेरि सोही नारा लाग्न थालेपछि प्रचण्ड घोसे मुन्टो लाउँदै प्रदर्शनस्थलबाट बाहिरएको भिडियोमा देख्न सकिन्छ ।

उनले कार्यकर्तालाई प्रतिगमनविरुद्ध नारा लगाउन भन्दै एमसीसीको नारा नलगाउन निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषि उद्यम केन्द्रको सञ्चालक समितिमा कंडेल

२२ माघ २०७७, बिहीबार १८:५४
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव एवम युवा उद्यमी लक्ष्मण कँडेल कृषि उद्यम केन्द्रको सञ्चालक समितिमा मनोनित भएका छन् । नेपाल उद्योग बाणिज्य अन्र्तगतको केन्द्रमा सञ्चालक समितिका सभापति अरुणराज सुमार्गीले महासचिव कंडेललाई मनोनित गरिएको जनाएका छन । कषि पेशालाई उद्योगको रुपमा विकास गर्न केन्द्रले विगतदेखी प्रभावकारी भूमिका निर्वाह गर्दे […]