कार्यकर्ता सकिएपछि प्रचण्ड माधव आफै सडकमा आए : प्रधानमन्त्री ओली

कर्णालीपत्र संवाददाता २२ माघ २०७७, बिहीबार १८:२०

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बन्दको घोषणा गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहलाई कटाक्ष गर्दै विरोधी समूहका कार्यकर्ता सकिएर आफै सडकमा पुग्नुपर्ने अवस्था आएको बताएका छन्।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘प्रचण्ड र नेपालका कार्यकर्ताहरु सकिएछन्, उहाँहरु बन्द सफल पार्न आफै सडकमा उत्रनु पर्ने अवस्था आयो। (हाँसेर आफूतिर देखाउँदै) हुन पनि कार्यकर्ता जति सबै यता छन्। अब उहाँहरु साइन बोर्ड बोकेर हामी यता छौँ है भन्दै हुनुहुन्छ।’

ओलीले अझ प्रचण्डलाई ब्यंग्य गर्दै भने, ‘प्रचण्ड जी त अझ सातदोबाटो पुग्नुभएछ। (हाँस्दै) ठाउँ पनि कस्तो रोजेको।’

उनले जनताले कति दुःख पाएका छन् भनेर हेर्न प्रचण्ड गाडीमा र नेपाल स्कुटरमा चढेर सहर निस्किएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सञ्चारमन्त्रीको निर्देशन

२२ माघ २०७७, बिहीबार १८:२०
काठमाडौँ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिए । […]