नेकपाका दुबै समूहलाई आयोगले बोलायो छलफलमा

कर्णालीपत्र संवाददाता १५ माघ २०७७, बिहीबार १९:११

काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  दिएको जानकारीअनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइएको हो।

‘अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको छ,’ श्रेष्ठले भने, ‘शुक्रबार बिहान साढे ११ बजे छलफल हुन्छ।’ नेकपाका दुबै समूहबाट छलफलमा पाँच/पाँच जना पठाउन आयोगले भनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई वटा समूह क्रियाशील छ। यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

शुक्रबार नेकपाका दुई समूहसँग आयोगले मुख्य गरी दुइटा विषयमाथि छलफल गर्ने तयारी गरेको छ।

‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हुन्छ,’ श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गरेका छन्। तर प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गौहत्यामा नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद

१५ माघ २०७७, बिहीबार १९:११
सुर्खेत:   जिल्ला अदालत सुर्खेतले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित १० जनालाई गौहत्यामा दोषी ठहर गरेको छ । गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाई मध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले […]