प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशलाई सात दिनभित्र आफैँ जवाफ पेश गर्न सर्वोच्चको आदेश

कर्णालीपत्र संवाददाता १५ माघ २०७७, बिहीबार १९:०१

काठमाडौँ- सर्वोच्च अदालतले अवहेलनासम्बन्धी पाँचवटै मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।

प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा विचाराधीन रहेको संसद विघटन सम्बन्धी मुद्दालाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै परेका अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजालसले कारण देखाउन आदेश जारी गरेको हो।

सर्वोच्चले सात दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाफी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका नाउनमा आदेश जारी गरेको हो।

छुटाछुट्टै जारी गरिएको सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? माग बमोजिम अवहेलनामा कारबाही हुनु किन नपर्ने हो ? म्याद प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र सबै व्यहोरा खुलाइ आफै लिखित जवाफ पेश गनुएहोला भनी विपक्षीका नाउमा … आदेश गरिएको छ।’

सर्वोच्चले पूर्वसभामुख दमनथान ढुंगालाई पनि सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न भनेको सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए। बुधबार अधिवक्ताहरु लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए।

ओलीले माघ ९ गते पार्टीको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई जोडेर सर्वोच्चमा तमासा भइरहेको बताएका थिए। उक्त भनाइले न्यायपालिकाको मान मर्दन गरेको निवेदकले दाबी गरेका छन्।

त्यस्तै पूर्वसभामुख ढुंगानाले संसद विघटनलाई सर्वोच्चले सदर गरे न्यायाधीशलाई सडकमा तान्नुपर्ने अभिव्यक्तिविरुद्ध अधिवक्ता राजन घिमिरेले अवहेलना मुद्दा दायर गरेका हुन्।

यस्तो छ सर्वोच्चले जारी गरेको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोस्रो दिन २८ हजारलाई कोरोनाको खोप, कसैमा छैन साइड इफेक्ट

१५ माघ २०७७, बिहीबार १९:०१
काठमाडौं । कोरोना भाइरस विरुद्धको ‘कोभसिल्ड’ खोप अभियानअन्तर्गत दोस्रो दिन ७७ वटै जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका छन् । हिजोदेखि खोप लगाएका कसैलाई पनि अहिलेसम्म साइड इफेक्ट नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३,८४७, प्रदेश २ मा २,१६७४, बागमतीमा ११ हजार […]