सुर्खेतः सुर्खेत उद्योग वाणिज्य संघले मालपोत कार्यालय सुर्खेतलाई दुई थान कम्युटर उपलब्ध गराएको छ ।
कार्यालयमा भएका कम्युटरबाट सेवाग्राहीले समयमै सेवा पाउन नसकेको गुनासो बढेपछि संघले सेवाग्राहीको कामलाई छिटो छरितो गर्न सहयोग पुगाउने उदेश्यले कम्युटर सहयोग गरेको हो ।
विहिबार एक कार्यक्रमकाबीच संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कंडेलसहितको टोलीले सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको रोहबरमा मालपोत कार्यालयलाई दुई थान कम्युटर सहयोग स्वरुप उपलब्ध गराएको संघले जनाएको छ ।
मालपोत कार्यालयको आवश्यकता र जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह बमोजिम कार्यालयलाई कम्युटर सहयोग उपलब्ध गराएको संघका महासचिव लक्ष्मण कंडेलले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीले प्राप्त कम्युटर सहयोगले मालपोत कार्यालयको सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे ।