हुम्लामा नेकपाका दुई समूहबिच झडप, वडाध्यक्ष घाइते

कर्णालीपत्र संवाददाता ५ माघ २०७७, सोमबार १०:५६

सिमकोट – हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबिच झडप भएको छ।

झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन्।

वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले बताए।

थापाको टाउको तथा मुखमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ।

वडा अध्यक्ष थापा पूर्व माओवादीबाट निर्वाचित भएका थिए। तर उनी अहिले ओली समूहमा लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मालपोत कार्यालयलाई दुई थान कम्युटर सहयोग

५ माघ २०७७, सोमबार १०:५६
सुर्खेतः सुर्खेत उद्योग वाणिज्य संघले मालपोत कार्यालय सुर्खेतलाई दुई थान कम्युटर उपलब्ध गराएको छ । कार्यालयमा भएका कम्युटरबाट सेवाग्राहीले समयमै सेवा पाउन नसकेको गुनासो बढेपछि संघले सेवाग्राहीको कामलाई छिटो छरितो गर्न सहयोग पुगाउने उदेश्यले कम्युटर सहयोग गरेको हो । विहिबार एक कार्यक्रमकाबीच संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कंडेलसहितको टोलीले […]

सम्बन्धित शीर्षक