सामाजिक विकासमन्त्री रावललाई कोरोना सङ्क्रमण

कर्णालीपत्र संवाददाता २७ पुष २०७७, सोमबार १६:१४

कर्णाली – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले जानकारी र्दिए।

“कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौँ पठाइएको छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावपछि आफ्नै सरकार बन्ने ओलीको दाबी

२७ पुष २०७७, सोमबार १६:१४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे भारत र चीनबीच मध्यस्थता गर्न नेपाल तयार रहेको बताएका छन् । भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिँदै उनले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालले कुटनीतिक ‘मध्यस्थता’को भूमिका खेल्न सक्ने बताए । ‘उहाँहरु दुबैजना मेरो मित्र पनि हुनुहुन्छ […]