कालिकोटमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

कर्णालीपत्र संवाददाता २० पुष २०७७, सोमबार १४:५७

सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।  कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् ।

उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

चन्द समूहविरुद्धको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेपनि सोमबार सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशसभा पनि विघटन हुन सक्छः मन्त्री तुम्बाहाङफे

२० पुष २०७७, सोमबार १४:५७
काठमाडाैँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले अहिलेको राजनीतिक अवस्थामा प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङफेले प्रदेशसभा विघटन हुन सक्ने तर त्यसको अधिकार प्रदेशसभामै रहेको बताइन्। राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावली […]