दाहाल-नेपाल समूह निर्वाचन आयोग पुग्यो

कर्णालीपत्र संवाददाता १० पुष २०७७, शुक्रबार १२:५५

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।

शुक्रबार दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन सुरु गरेका हुन् ।

माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी दाहाल-नेपाल समूहले जानकारी दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस १९ भित्र प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतको आदेश

१० पुष २०७७, शुक्रबार १२:५५
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका सन्दर्भमा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी भएको छ । इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल बार र सर्वोच्च बार एशोसिएसनबाट एमिकस क्युरी माग्ने आदेशसमेत दिइए छ […]