कोरोनाबाट नेपालगञ्जमा गर्भवतीको मृत्यु

कर्णालीपत्र संवाददाता १ पुष २०७७, बुधबार १०:३६

नेपालगञ्ज – कोरोनाबाट नेपालगञ्जमा एक गर्भवतीको मृत्यु भएको छ ।

सेती अस्पतालमा मंसिर २६ गते कोरोना पुष्टि भएपछि महिलालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो ।

शुक्लाफाँटा–१० की २८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति सवा एक बजे मृत्यु भएको छ । उनी ३० हप्ताकी गर्भवती थिइन् ।

महिलालाई मंसिर २६ गते नै अपरान्ह चार बजे कोहलपुर ल्याइएको थियो । कोहलपुर ल्याउँदा उनको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ७० जनाको मृत्यु भइसकेको छ ।

यसैबिच बुधबार बाँकेमा ११ जना डिस्चार्ज भएका छन् । सात महिला र चार पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यादेशको विपक्षमा सर्वोच्च अदालतमा ‘रीट’ दर्ता हुने

१ पुष २०७७, बुधबार १०:३६
काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विपक्षमा सर्वोच्च अदालतमा ‘रीट’ दर्ता हुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल अध्यादेशविरुद्ध रीट निवेदन लिएर सर्वोच्च पुगेका छन् । रीट दर्ता प्रक्रियामा रहेको अधिवक्ता अर्यालले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन् ।