पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

कर्णालीपत्र संवाददाता २८ मंसिर २०७७, आईतवार १९:३६

 

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भूमिसुधार मन्त्रालयको सचिव भएका  बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५० रुपैयाँ माग्दा नदिएपछि हत्या !

२८ मंसिर २०७७, आईतवार १९:३६
बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा […]