रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

कर्णालीपत्र संवाददाता १९ मंसिर २०७७, शुक्रबार १५:११

एजेन्सी ।  भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले बिहीबार नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।

उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने बताएका छन्। तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्दै निर्वाचनमा जाने बताएका छन्।

‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,’ उनले भने।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले धेरैसँग परामर्श गरेर पार्टी खोल्ने निर्णयमा पुगेको बताए।

‘मैले पटक पटक विभिन्न व्यक्तिहरूसँग छलफलहरू गरेँ, उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भनेका छन्। आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता देखिएको रजनीकान्तको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कम्युनिस्ट हुँ भन्दा जनताले ढुंगामुढा गर्ने स्थिति आयो: नेता न्यौपाने

१९ मंसिर २०७७, शुक्रबार १५:११
काठमाडौँ – नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वको कारण आम नागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताएका छन्। शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आयोजना गरेको गुट भेलालाई सम्बोधन गर्दै नेता न्यौपानले अध्यक्ष ओलीतर्फ संकेत गर्दै पार्टीको छवि धुमिल भएको दाबी गरेका हुन्। उनले जनाको […]