नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने

कर्णालीपत्र संवाददाता १८ मंसिर २०७७, बिहीबार १५:२३

 

 

काठमाडौं : काठमाडौँ– पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन्।

स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भइरहेको छ।

खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे। यद्यपि खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट काठमाडौंमा

१८ मंसिर २०७७, बिहीबार १५:२३
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आगामी सिनेट काठमाडौंमा बस्ने भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपीशर्मा ओली सुर्खेत आउन नसक्ने भएपछि काठमाडौंमै सिनेट बस्ने भएको हो । यही मंसिर ३० गते काठमाडौंमै सिनेट बस्ने गरी सम्पुर्ण तयारी सकिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘सिनेटका लागि सम्पूर्ण तयारी […]

सम्बन्धित शीर्षक