सुनको मूल्य तोलामै १६ सयले बढ्यो

कर्णालीपत्र संवाददाता १८ मंसिर २०७७, बिहीबार १४:२४

काठमाडौं । सुनको भाउ तोलामै १६ सय रुपैयाँले बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबारका लागि ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

१८ मंसिर २०७७, बिहीबार १४:२४
काठमाडौं :   नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ […]

सम्बन्धित शीर्षक