कोरोना संक्रमित सुत्केरीको मृत्यु भएपछि नवजात जुम्ल्याहाको बिचल्ली

कर्णालीपत्र संवाददाता १८ आश्विन २०७७, आईतवार १३:२५

नेपालगञ्ज – गर्भवती हुँदा नै हल्का रक्तश्राव भइरहेको थियो । धनगढीको सेती अस्पतालमा अशोज १३ गते नर्मल डेलिभरी भयो । दुई बच्चा जन्मिए, छोरा र छोरी ।

उनी पहिलोपटक आमा बनेकी थिइन् । एकैपटक छोरा र छोरी भए, परिवारमा खुशीको सीमा नै रहेन । खुशीबीच सुत्केरीको रक्तश्राव नरोकिएपछि चिन्ता थपियो । पाठेघरको शल्यक्रिया गरियो । बिरामीलाई ८ प्वाइन्ट रगत र ४ पिन्ट प्लेटलेट रगत दिइयो ।

सुत्केरीको अवस्थामा सुधार आएन । अशोज १४ गते कोरोना जाँचका लागि स्वाब लिइयो । त्यही दिन रिपोर्ट पोजिटिभ आयो । यता सुत्केरीको अवस्था नाजुक भइरहेको थियो । भोलिपल्ट बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइयो । साँझ ४ बजे मेडिकलले भर्ना गर्‍यो ।

मेडिकल कलेज, कोहलपुरमा ल्याउदा बिरामी बेहोस थिइन् । मेडिकल कलेजले एन्टीबायोटिक अक्सिजनलगायत रोगको प्रकृति अनुसारको सबै प्रकारको सपोर्टिङ्ग उपचार गर्‍यो । बिरामीको अवस्थामा सुधार आएन । अन्ततः आइतबार बिहान ४:३० बजे उनको मृत्यु भयो ।

२९ वर्षीया यी महिलाको शव बाँकेमा छ। उनको शवलाई यही व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले घरपरिवारले शवलाई घरमै लैजाने बताए पनि लैजान गाह्रो भएकाले यतै व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको जानकारी दिए।

उनले जन्माएका दुई बच्चा सेती अस्पतालको एनआइसीयु कक्षमा रहेका छन् । सकुशल दुई बच्चालाई जन्म दिएकी आमा भने संसारमा रहिनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

१८ आश्विन २०७७, आईतवार १३:२५
काठमाडौँ। पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । काठमाडौँको बानेश्वरस्थित घरमै उनको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वाँर केही दिन अगाडी कोरोना संक्रमण मुक्त भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ । राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री […]