नेकपाको सचिवालय बैठक स्थगित

महासचिव पौडेलले राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएपछि सचिवालय बैठक स्थगित भएको हो ।

कर्णालीपत्र संवाददाता १८ आश्विन २०७७, आईतवार १३:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । महासचिव विष्णु पौडेल अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट भएपछि हिजो बस्ने भनिएको बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण भएको भन्दै बैठक स्थगित भनिए पनि महासचिव पौडेलले राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएपछि सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्रीका तीनजना सल्लाहकार, प्रमुख स्वकीय सचिवलगायतमा कोरोना संक्रमण देखिएको छ ।

तर, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानी सार्ने विषयमा आफूसँग परामर्स नगरेपछि महासचिव पौडेल असन्तुष्ट छन् । उनले असन्तुष्टि जनाएपछि हिजोको बैठक स्थगित भएको थियो । आज पनि उनले बिहानैदेखि फोन अफ गरेर शीर्ष नेताहरुको कदमको विरोध जनाएका छन् ।

सचिवालय बैठक अब अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमित सुत्केरीको मृत्यु भएपछि नवजात जुम्ल्याहाको बिचल्ली

१८ आश्विन २०७७, आईतवार १३:२२
नेपालगञ्ज – गर्भवती हुँदा नै हल्का रक्तश्राव भइरहेको थियो । धनगढीको सेती अस्पतालमा अशोज १३ गते नर्मल डेलिभरी भयो । दुई बच्चा जन्मिए, छोरा र छोरी । उनी पहिलोपटक आमा बनेकी थिइन् । एकैपटक छोरा र छोरी भए, परिवारमा खुशीको सीमा नै रहेन । खुशीबीच सुत्केरीको रक्तश्राव नरोकिएपछि चिन्ता थपियो […]