प्रधानमन्त्रीका ३ जना सल्लाहकारलाई कोरोना संक्रमण

कर्णालीपत्र संवाददाता १७ आश्विन २०७७, शनिबार १७:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ जना सल्लाहकारसहित सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले अनलाइनखबरसँग भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सम्बन्धित शीर्षक