अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि

कर्णालीपत्र संवाददाता १६ आश्विन २०७७, शुक्रबार ११:५२

एजेन्सी ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका छन् ।

वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो ।

पछिल्ला दिनहरुमा होपले चुनावी अभियानका क्रममा ट्रम्पसँग नजिक भएर काम गरेकी थिइन्।

ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने प्रदेश सरकारको निर्णय, संसदमा प्रस्ताव पेस

१६ आश्विन २०७७, शुक्रबार ११:५२
बुटवल ।     प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले  बताए। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उक्त निर्णयलाई भने सार्वजनिक गरिएको छैन। राजधानीबारे […]

सम्बन्धित शीर्षक