टिकटक लाइभमै पेट्रोल छर्केर आगाे लगाई युवतीको हत्या

कर्णालीपत्र संवाददाता १६ आश्विन २०७७, शुक्रबार १०:४६

एजेन्सी ।    चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्।

लामु नाम गरेकी चिनियाँ युवतीको यसरी आक्रमण भएको दुई सातापछि उपचारका क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ।

भिडियो लाइभमा आएकी ३० वर्षीया लामुकाे पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।

लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।

घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ।

यो घटनापछि चीनमा महिला विरूद्ध हिंसाबारेको बहस फेरि चुलिएको छ। लामुले ग्रामीण जीवनशैलीका बारेमा भिडियोहरु पोष्ट गर्ने गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाको खोप आएपनि जनजीवन सामान्य बन्न समय लाग्ने बैज्ञानिकको दाबी

१६ आश्विन २०७७, शुक्रबार १०:४६
सुर्खेत ।    कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने चेतावनी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ । कोरोना भाइरस महामारीको एक मात्र अचूक ओखती वा विकल्पका रुपमा खोपलाई लिइएको छ । अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागेका छन् […]