सुर्खेत : बजाज अटोले उत्पादन गरेको १६० स्ट्रीटको एभेन्जर मोटरसाइकल एक कार्यक्रमकाबीच सुर्खेतमा लन्च गरिएको छ। युवा लक्षित बिशेष सुविधा रहेको सो मोटरसाइकलको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र उपाध्यक्ष गणेशकुमार बस्नेतले सयुक्तरुपमा लन्च गरेका हुन । बजाज अटोले नेपाल सुहाउँदो र युवा लक्षित मोटर साइकल उत्पादन गरेको भन्दै यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
अध्यक्ष रावतले असिम अटो पार्टसले कर्णाली प्रदेशमा अटो व्यवसायमा उल्लेख्यनीय भूमिका खेलेकोमा प्रशंसा गरे । दुई दशक अघि सुर्खेतबाट शुरु भएको असिम अटो पार्टसले अहिले कर्णाली भरी क्षेत्र बिस्तार गरेकोमा बधाई दिदै अध्यक्ष रावतले अब कृषि लक्षित आफ्नै यान्त्रिक उत्पादन गरेर कर्णालीमा योगदान गर्न सुझाव दिए ।
पहाडी रुटका लागि सस्तो, बलियो र भरपर्दो मानिएको १६० स्ट्रीटको एभेन्जर यसअघि अन्य देशमा चलेको थियो । नेपालमा पनि यसको माग बढेपछि देशभर लन्च गरिएको हो । बजाज अटोको कर्णाली प्रदेशस्तरीय डिलर असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कँडेलले हिमाल, पहाडसँगै तराईमा पनि बजाज कम्पनीका ब्राण्ड उत्तम मानिएकाले बजाज ब्राण्डले ग्राहकको मन जित्न सफल भएको बताए ।
एभेन्जर मोटरसाईकलको बजार मुल्य ३ लाख १९ हजार ९ सय रहेको छ । ५० प्रतिशत डाउन पेमेन्ट गरे बाँकी ५० प्रतिशत रकम १८ महिनासम्म शून्य प्रतिशत व्याजदरमा उपलब्ध गराउने संचालक कंडेलले जानकारी दिए । त्यस्तै २० प्रतिशत डाउन पेमेन्टको पनि व्यवस्था रहेको र आफनै अटो पार्टसको छानामुनिबाट फाइनान्सको सुबिधा उपलब्ध गराइने उनको भनाई थियो ।
कर्णालीमा अन्य ब्राण्डभन्दा बजाजका सवारी साधान र सर्भिस राम्रो तथा खोजेको बेला पार्टस्हरु पाईने हुदाँ ग्राहकको बजाजप्रति आकर्षण बढेको उनको भनाइ छ । बजाज पार्टसको मूल्य नेपालभर एउटै मूल्य रहेको बताउँर्दै कंडेलले कर्णालीका दश वटै जिल्लामा पार्टसहरु काठमाडौकै दररेटमा उपलब्ध गराइने बताए ।