बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कर्णालीपत्र संवाददाता ११ आश्विन २०७७, आईतवार १६:२५

नेपालगन्ज — बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु भएको हो ।

मृतक मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी हुन् ।

मृतक ४७ वर्षीय पुरुषको भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनलाई प्लाज्मा थेरापीसमेत दिइएको र उपचारका सबै उपायहरु अपनाउँदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा १५७३ कोरोना संक्रमित थपिए

११ आश्विन २०७७, आईतवार १६:२५
काठमाडौँ ।   बितेको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको […]

सम्बन्धित शीर्षक