डाक्टर केसी काठमाडौँ फर्किए

ममाथि आक्रमणको प्रयास भयो

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७७, मंगलवार १३:१४

  नेपालगन्ज:    आठ दिन जुम्लामा अनशन बसेका डा. गोविन्द केसी एक रात नेपालगन्जस्थित भेरी अस्पतालमा बसेर काठमाडौं फर्किएका छन् । उनी लामो समयसम्म बोल्न सक्दैनन् ।

उनी बुद्ध एयरबाट दिउँसो १२ बजेको उडानमा नेपालगन्जबाट काठमाडौं गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनी सोमबार बेलुकी काठमाडौं जानका लागि जुम्लाबाट नेपालगन्ज आएका थिए । अनसनका क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अनसनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

सरकारी पक्षबाट आक्रमण हुने सम्भावना बढ्दै गएकाले काठ्माडौं जान लागेको उनले बताए ।

साढे तीन करोड नेपाली जनताका लागि आफूले फेरि अनशन बसेको बताउँदै उनले एक बर्षअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेको बेला आक्रमण गर्नेहरु अहिले पनि सरकारमा भएकोले डर लागेको बताए ।

‘एक बर्षअघि अनसन बस्दा सरकारको निर्देशनमा म माथि आक्रमण भएको थियो,’ उनले भने ‘हिजो सुनियोजित तरीकाले आक्रमण गर्नेहरुले फेरि आक्रमण नगर्लान भन्न सकिन्न ।’

उनले आफुमाथि आक्रमणको तयारी भइरहेको भन्ने सूचना पाएपछि तत्काल काठमाडौं फर्किने योजना बनाएको बताए ।

डा. केसीले २९ भदौंबाट जुम्लामा अनशन सुरु गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएकोले चिकित्सकको निगरानीमा रहेका डा. केसीको अवस्था नाजुक बन्दै गएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय

६ आश्विन २०७७, मंगलवार १३:१४
काठमाडौँ ।   सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् । सअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन […]