कोरोना संक्रमणवाट थप १६ जनाको मृत्यु, ११५४ मा संक्रमण

कर्णालीपत्र संवाददाता ५ आश्विन २०७७, सोमबार १७:०६


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका ५२ प्रतिशत सङ्क्रमितम होम आइसोलेशनमा

५ आश्विन २०७७, सोमबार १७:०६
कर्णाली-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ। प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ। महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय सङ्क्रमितमध्ये २१५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन्। सुर्खेतमा […]