२४ घण्टामा १४५९ जनामा कोरोना संक्रमण,११ जनाको मृत्यु

कर्णालीपत्र संवाददाता ३० भाद्र २०७७, मंगलवार १६:२९

काठमाडौं । मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

के छ नेकपाले जारी गरेको अपानिमा? ( मुख्य मुख्य बुँद्धाहरु)

३० भाद्र २०७७, मंगलवार १६:२९
काठमाडौं  :  पार्टीभित्र देखा परेका विवाद र मतभेदलाई आगामी दिनमा नदोहोर्‍याउने प्रतिवद्धतासहित नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । २९ भदौमा जारी अपानिमा २६ भदौको स्थायी कमिटीको बैठकलाई आगामी दिनमा पुराना विवाद ननिकाल्ने प्रतिवद्धताको प्रस्थानविन्दु अर्थात् निश्चित समय निर्धारण गरेका हुन् । […]