Trending

डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनशन

 

जुम्ला ।  चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा.गोविन्द केसीले जुम्लामा जुम्लामा अनशन शुरु गरेका छन्।    सोमबार दिउँसो २ बजेदेखि चन्दननाथ नगरपालिका ६ को रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९ सत्याग्रह शुरु गरेका हुन ।  ।

सदरमुकाम आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सार्वजनिक स्थलमा सत्याग्रह बस्न नदिने षडयन्त्र गर्न थालेपछि डा. केसी आधा घण्टाको उकालोमा रहेको बाबिरा मन्दिरमा गएर सत्याग्रह बसेका हुन्।

प्रत्येक सत्याग्रहमा सरकारले वार्ता गरेर समझदारी गरेपनि कार्यन्वयन नगरेको भन्दै उनले यो पटकको सत्याग्रह वारपारको लडाइ भएको बताए। नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाहीतन्त्र विरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम संचालन गरिनु पर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नु पर्ने लगायतका चार बँुदे माग छन्। गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डेढेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने प्रक्रिया अघि बढाइयोस् भन्ने मागहरु रहेका छन्।