Trending

१७ वर्ष कैद बाँकी छदै रेशम चौधरीलाई रिहा गर्न माग

काठमाडौँ –      चर्चित टिकापुर हत्या काण्डमा अदालतको फैसला अनुसार करागारमा रहेका रेशम चौधरीलाई रिहा गर्न जनता समाजवादी पार्टीले माग गरेको छ ।   अदालतले उनलाई २०९४ साल फागुन १३ गतेसम्म जेलमा राख्न आदेश दिएको छ।

टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भइ जेल जीवन बिताइ रहेका चौधरीलाई तत्काल रिहा जसपाले आइतबार पुनः सरकारको ध्यानाकर्षण गराएको हो।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ बाट भुमितग अवस्थामै निर्वाचत भएका चौधरीलाई सांसदको शपथग्रह गराइए पनि अदालतको फैलाका कारण निलम्बित अवस्थामा छन्।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले तराई मधेसमा भइरहेको ज्यादतीको अन्त्य गर्दै चौधरीलाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन्।

जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘मधेश तरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने धन, सम्पत्ति रोका गर्ने, चुनावमा राख्ने, कार्य अझैसम्म जारी नै रहिरेको छ।

यस्ता कार्य बन्द गरी हाल जेलमा राखिएका जसपा, नेपालका नेता मा. रेशम चौधरी लगायतका नेता कार्यकर्ताहरुमाथि सरकारले लगाइएको मुद्दाहरु खारेजगरी मा. रेशम चौधरीलाई यथाशीघ्र रिहाइ गरिनुपर्छ।’

कैलाली जिल्ला अदालतले २०७२ भैदा ७ गते टिकापुरमा एसएसपीसहित आठ जना प्रहरी र एक नाबालकको हत्या दोषी ठहर गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।