Trending

नेकपाले पार्टी सदस्य नविकरण गर्न सर्कुलर गर्ने

काठमाडौँ ।  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी सदस्य नविकरण गर्न सर्कुलर गर्ने गर्ने भएको छ ।

संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा बसेको आइतबार बसेको बैठकले नेकपाका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय भएको छ।

महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरुको तत्काल नवीकरण गर्ने निर्णय भएकाले अब यसबारेमा सर्कुलर हुने पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजालले बताए।

मंसिरभित्र नवीकरण गर्ने गरी संगठन विभागले तीन महिने कार्ययोजना तयार पारेको हो। असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने निर्णय संगठन विभागले गरेको हो। नेकपाले आउदो चैत २५ देखि चैत ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।

पूर्वएमालेका ५ लाख र पूर्व माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ।