Trending

जुम्लामा प्रदेश लेखा नियन्त्रण कार्यालय


हस्त बुढा , जुम्ला ।
जुम्लामा प्रदेश लेखा नियन्त्रण कार्यालय, प्रदेश लेखा इकाई कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतको प्रमुख आतिथ्यतामा प्रदेश लेखा नियन्त्रण कार्यालय उद्घाटन भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिए ।
उक्त कार्यालयबाट प्रदेश सरकार मार्फत आउने विभिन्न योजनाको भुक्तानी, आर्थिक लेखाजोखा लगायतका अन्य काम प्रभावकारी हुने विश्वास लिइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाकै भवनमा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना गरिएको हो ।
कार्यालय उद्घाटनमा बोल्दै प्रतिनिधि सभा सांसद गजेन्द्र महतले भने,“संघियता भनेकै घर आगनबाट सम्पुर्ण प्रशासनिक सेवा पाउनु हो । तीनै तहका सरकारले संघियता कार्यान्वयन स्वरुप सबै सेवामा घरदैलोमै दिने प्रयास गरेकै छन् ।”