Trending

कर्णालीमा पञ्चवर्षिय योजनाको लागी सुझाव संकलन

सुर्खेत २५,भाद्र ।
कर्णाली प्रदेश योजना आयोगले प्रथम पञ्चवर्षिय योजनाको कार्यक्रम र नतिजा खाकावारे सुझाव लिएको छ । आयोगले योजनाका लागी सम्बन्धित मन्त्रालय तथा सरोकारवाला विज्ञहरुवाट सुझाव लिइरहेको छ । आयोगले हरेक दिन विहान ८ वजेदेखि १० वजेसम्म भर्चुवल वैठक बसी उक्त सुझावहरु लिदै आएको हो ।
आयोगले यसअघि प्रकाशित आधारपत्रमा पञ्चवर्षिय योजनाको विषयगत पृष्ठभूमि, प्रमुख समस्या, चुनौती तथा अवसर र सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति ल्याएको थियो । यसको विस्तृतिकरणमा कार्यक्रम तथा नतिजा खाका प्रस्तुत गरिएको कर्णाली प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष डाक्टर दीपेन्द्र रोकायाले जानकारी दिए
सुझाव संकलन वैठकमा आयोगका कार्यवाहक उपाध्यक्ष ्र रोकायाले विषयगत कार्यक्रम, कार्यक्रम अवधि, कूल अनुमानित लागत, अपेक्षित उपलब्धी र नतिजा खाकाका सुचकहरु प्रस्तुत गर्ने र त्यसैका आधारमा विज्ञहरुवाट सुझाव लिदै आएको प्रदेश योजना आयोगले जनाएको छ ।
प्रत्येक दिन संचालन हुने बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रवहादुर शाही, सम्बन्धित मन्त्रालयका मन्त्री,योजना आयोगका पदाधिकारीहरु, सम्बन्धित मन्त्रालयका सचिव, विज्ञ समुह र योजना महाशाखा प्रमुख सहभागी हुने गरेको रोकायाले जानकारी दिए ।
बैठकवाट आएका सुझावलाई समावेश गरि परिमार्जन गरेर कर्णाली प्रदेश सभाका विषयगत समितिसंग छलफल गर्ने र प्राप्त सुझावलाई समावेश गरेर कर्णाली प्रदेशको पञ्चवर्षिय योजना प्रकाशन गरिने डाक्टर रोकायाले वताए । यही भाद्र २१ गतेदेखि शुरु गरिएको बैठक २७ गतेसम्म संचालन हुने आयोगले जनाएको छ ।