सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

कर्णालीपत्र संवाददाता २५ भाद्र २०७७, बिहीबार १३:२८

सुर्खेत:   सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पीसीआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि अध्यक्ष केसीले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए ।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित वागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । ‘अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।’

अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा ४.१८ प्रतिशतमा कोरोना संक्रमण, ८६ प्रतिशतभन्दा बढी निको भएर घर फर्के

२५ भाद्र २०७७, बिहीबार १३:२८
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना परीक्षण गरिएका मध्ये ४ प्रतिशत भन्दाबढीमा संक्रमण देखिएको छ । प्रदेशमा हालसम्म ६५ हजारजनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७१९ अर्थात ४ दशमलब १८ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको हो । प्रदेशका पाँचवटा र अन्य प्रदेशका प्रयोगशालाबाट बुधबारसम्म ६५ हजार २७५ जनाको […]