Trending

जुम्लामा गत आवमा २३ करोड बढी राजस्व संकलन


हस्त बुढा, जुम्ला ।
आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्षमा २३ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । । लक्ष्यनै नतोकिएको गत आवको असार अन्तिम सम्ममा कार्यालयले २३ करोड २२ लाख ५५ हजार ४ सय १ रुपैया राजस्व संकलन गरेको हो ।
जसमा आयकर तर्फ ५ करोड १४ लाख ९२ हजार, आयकर तर्फ ६ करोड ३३ लाख ४४ हजार ५ सय, आयकर प्रालीतर्फ ३ करोड ८८ लाख ४७ हजार, परामर्श तथा ठेक्का वापत ५ करोड ४१ लख ८३ हजार र अन्तशुल्क बापत ५१ लाख ४७ हजार ५ सय गरी अन्य विभिन्न २३ शिर्षकबाट वर्षभरी २३ करोड २२ लाख बढी राजश्व संकलन भएको कर अधिकृत गोपाल बहादुर थापाले जानकारी दिए । उनले जुम्लाको कर प्रणाली सुधार गर्दै आम नागरिकलाई करको दायरामा ल्याउन आबश्यक जनचेतना मुलक कार्यक्रममा जोड दिईने बताए ।
आन्तरिक राजस्व कार्यालय जुम्ला अन्र्तगत कालीकोट,मुगु र जुम्ला जिल्ला रहेका छन । साथै चालु आर्थिक बर्ष २०७७÷०७८ को साउन महिनामा मात्रै साढे ४ करोड राजस्व संकलन भएको छ । चालु आवको साउन महिनामा तिन करोड २१ लाख राजश्व संकलनको लक्ष्य राखेपछि करिब डेढ करोड राजस्व बढी संकन भएको हो । कर संकलनका २३ शिर्षकबाट साढे ४ करोड राजस्व संकलन गरिएको हो ।
तीन करोड २१ लाखको लक्ष्यमा ४ करोड ४० लाख राजस्व उठ्दा, १ करोड १९ लाख राजस्व लक्ष्य भन्दा बढी संकलन भएको कर अधिकृत थापाको भनाई छ । कोरोना कहरकाबीच राजश्व कमै उठ्ने अनुमान गरिएको बेला यस चालु आवमा राजस्व संकलनको अबस्था निकै सन्तोषजनक रहेको छ ।