मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि

६ जनाको मृत्यु

कर्णालीपत्र संवाददाता २३ भाद्र २०७७, मंगलवार १६:२९

काठमाडौँ ।   मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

२३ भाद्र २०७७, मंगलवार १६:२९
काठमाडौँ — कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।महामन्त्री कोइरालाको रिपोर्ट पोजिटिभ आएको ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) स्रोतले पुष्टि गरेको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार […]

सम्बन्धित शीर्षक