चीनमा निर्मित कोरोनाविरुद्धको खोपको ८ देशमा परीक्षण गरिंदै

कर्णालीपत्र संवाददाता २१ भाद्र २०७७, आईतवार ०८:४५

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्।

सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​

सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बिबिसीले जनाएको छ।

सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ।

यो भ्याक्सिनलाई विश्व्यापी मान्यता दिलाउन चीनले भरमग्दुर प्रयास गरिरहेको छ।

यतिखेर चीनमा संक्रमितको संख्या निकै कम भएकाले अन्य देशमा नै चीनले यो खोप परीक्षण गरिरहेको छ।

यो खोप चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा बनाएको बिबिसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्भवती श्रीमतीको परीक्षाका लागि स्कूटरमा पार गरे १२ सय किलोमिटरको यात्रा

२१ भाद्र २०७७, आईतवार ०८:४५
    एजेन्सी ।    धनजंय हांसदा र सोनी हेंब्रम भारतमा आजकाल निकै चर्चित छन् । स्कुटरबाट करिब १२ सय किलोमिटरको यात्रा गरेर झारखण्डबाट मध्य प्रदेश पुगेका यी आदिवासी दम्पत्तीको कहानी अहिले निकै चर्चामा छ । धनंजयले स्कुटरमा यो यात्रा यसकारण गरेका थिए किनभन उनी आफ्नी श्रीमती सोनीको डिप्लोमा इन […]