रोनाल्डोको गोडामा माहुरीले टोकेपछि…

कर्णालीपत्र संवाददाता २१ भाद्र २०७७, आईतवार ०८:४१

एजेन्सी ।   स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट १०० औँ गोल गर्ने अवसरका लागि अझै पर्खिनु पर्ने भएको छ ।

रोनाल्डो युरोपियन नेशन्स लिग अन्तर्गत शनिबार राति भएको क्रोएसियासँगको खेलमा खेल्न सकेनन् गोडामा आएको समस्याका कारण ।

राष्ट्रिय टिमबाट गएको नोभेम्बरमा ९९ औँ गोल गरेका उनी खेल्न नपाए पनि पोर्चुगलले क्रोएसियामाथि ४–१ को जित दर्ता गर्न सफल भयो ।
क्रोएसियासँगको खेल्नमा उनी सहभागी हुन नसक्नुको कारण अपत्यारिलो छ ।

फुटबल इटालियाका अनुसार टिममा समावेश भएर पनि खेल्न नपाउनुको कारण माहुरी हो । ३५ वर्षका रोनाल्डोको दायाँ गोडामा माहुरीले टोकेको थियो ।

माहुरीले टोकेको स्थानमा इन्फेक्सन भएपछि उनी खेल्न नसकेका हुन् । उनी आउँदो मंगलबार हुने स्वीडेनसँगको खेलमा पनि खेल्न सक्ने सम्भावना कम रहेको जनाइएको छ ।

राम्रोसँग प्रशिक्षण गरिरहेका रोनाल्डोलाई बुधबार माहुरीले टोकेको हो । इन्फेक्सन भएकाले निको हुन कति समय लाग्छ भन्ने यकिन नरहेको प्रशिक्षक फेर्नान्डो सान्तोसले बताएका छन् ।

गोडामा इन्फेक्सन भएको भए पनि रोनाल्डो टिमको हौसला बढाउनका लागि रंगशालमा उपस्थित भएका थिए ।

मास्क फुकालेर रंगशालमा बसेका रोनाल्डोलाई खेल पदाधिकारीले आएर मास्क लगाउन भनेको पनि देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनमा निर्मित कोरोनाविरुद्धको खोपको ८ देशमा परीक्षण गरिंदै

२१ भाद्र २०७७, आईतवार ०८:४१
एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​ सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बिबिसीले जनाएको छ। सीएनबीजीले तयार पारेको […]

सम्बन्धित शीर्षक