मुगुमा सदरमुकाममा लकडाउन एक साता लम्बियो

कर्णालीपत्र संवाददाता १७ भाद्र २०७७, बुधबार ०९:३०

खड्क सुनार,
मुगु ।

सदरमुकाम गमगढी बजारमा एक सातासम्मको लागि लकडाउन पुनः लम्बिएको छ । मंगलवार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । गत भदौ ९ गते सदुमुकाम गमगढी बजारमा लकडाउमा गरिएको थियो । मंगलवार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन पुनः एक साता सम्मको लागि लकडाउन थपिएको जिल्ला प्रशासन कार्यालय अन्तर्गत कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार बैठकले एम्बुलेन्स अनुमति प्राप्त सवारी साधन , स्वास्थ्यकर्मी , सुरक्षा निकायले , प्रयोग गर्ने बाहेक सबै प्रकारका निजि सवारी साधन , संचालनमा जिल्ला भित्र आवातजावतमा रोक लगाउने समेत निर्णय गरेको छ ।

सदरमुकाम गमगडी बजार लगायत अन्य गाउँपालिकाका मुख्यमुख्य केन्द्रमा नेपाल सरकारले रोक लगाइएका होटल , पसलहरु पुर्ण रुपमा बन्द गर्ने , अन्य पसल दिउसो १ बजे देखि ६ बजेसम्म मात्र खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

उनका अनुसार रात्रिकालिन आवतजावतमा पूर्ण रुपमा रोक लगाउने , पिसिआर गराई विमान मार्फत वा अन्य सवारी साधन वा पैदल आएका यात्रुहरुलाई सम्बन्धित स्थानीय तहले १४ दिनसम्म क्वाराइन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

भाद्र महिनाभित्र स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरि समुदाय स्तरसम्म पिसिआर परिक्षणको दायरालाई तीव्रता दिने र बालवालिका , दिर्घ रोगी , ज्येष्ठ नागरिकलाई संक्रमणको प्रभाव छिटो पर्न सक्ने हुदा त्यस्ता व्यक्तिहरु लाई सुरक्षित साथ राख्न आग्रह सबै नागरिकमा अनुरोध गरिएको प्रजिअ निरौलाले जानकारी दिए ।
जिल्लाका छायानाथ रारा नगरपालिका ,सोरु गाउपालिका , र मुगुम कार्मारोङ्ग गाउँपालिका लाई एम्बुलेन्स खरिद प्रक्रिया तत्काल अगि बढाउन पहल गरिने र ४ वटै स्थानीय तहलाई कम्तीमा ५० बेडको प्रारम्भिक आइसोलेसन तयार गर्न पहलको लागी समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लक्षण देखिएकाको मात्रै अनिवार्य पीसीआर परीक्षण गर्ने

१७ भाद्र २०७७, बुधबार ०९:३०
सुर्खेत  –कर्णाली प्रदेश सरकारले अब सबैले नभई कोरोनाको लक्षण देखिएकाले मात्रै अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने र उपयुक्त मापदण्ड बनाई कोरोना भाइरसबाट संक्रमित भएकाको निःशुल्क उपचारलाई प्राथमिकता दिने निर्णय गरेको छ। मगंलबार प्रदेश राजधानी सुर्खेतमा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले बिनियोजित बजेट सबैको पीसीआर परीक्षणमै सकिने र संक्रमितले उपयुक्त समयमा […]