Trending

भारतका पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था नाजुक

भारत : भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था पुनः नाजुक बनेको उनको उपचार गरिरहेको दिल्लीस्थित आर्मी अस्पतालले जनाएको छ ।

आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पूर्व राष्ट्रपति मुखर्जी अहिले पनि कोमामा छन् र उनलाई भेन्टिलेटरको सहायता प्रदान गरिएको अस्पतालले जनाएको छ । उनको फोक्सोमा संक्रमण भएको छ र विशेषज्ञ डाक्टरहरुले निगरानी गरिरहेको आर्मी अस्पतालले उल्लेख गरेको छ ।

अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।