Trending

नेपाल आइडल–३ की विजेता सज्जा चौलागाईं बनिन्

काठमाडौं, १२ भदौ । नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईं भएकी छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ । सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन् ।

त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन् । उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् ।

सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन् ।