पर्सामा कोरोना संक्रमणबाट मृतक संख्या ३८ पुग्यो

कर्णालीपत्र संवाददाता १३ भाद्र २०७७, शनिबार १२:३५

पर्सा ।   कोरोना संक्रमणबाट वीरगञ्जमा थप २ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका- १२ बस्ने ४३ वर्षीय र वडा नम्बर २६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यो संगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

४३ वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल बीरगञ्ज र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रशासकीय अधिकृत विनय प्रसाद श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार ४३ वर्षीय पुरुष एचआइभी र हेपाटाइटिस रोगबाट ग्रसित थिए । नेशनल मेडिकल कलेजमा उपचारर उनलाई संक्रमणको लक्षण देखिएपछि स्वाब परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसपछि उनलाई कोभिड अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा शुक्रवार राति करिब साढे ११ बजे मृत्यु भएको अधिकृत श्रीवास्तवले बताए ।

यस्तै बीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ३७ वर्षीय पुरुषको अवस्था गम्भीर हुँदैगएपछि थप उपचारकालागि उनलाई काठमाडौं लैजादैगर्दा बोटोमै मृत्यु भएको छ ।

शुक्रबार शुक्रबार दिउँसो मात्र उनलाई संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि जाँदै गर्दा मुग्लीनमा उनको मृत्यु भएको अधिकृत श्रीवास्तवको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा उपचार अभावमा सुत्केरीको ज्यान गयो

१३ भाद्र २०७७, शनिबार १२:३५
सुर्खेत, १३ भदौं । दैलेखमा उपचार अभावमा सुत्केरीको ज्यान गएको छ । सुत्केरी व्यथा लागेकी ठाँटीकाध गाउँपालिका–१ सिरागीकी २३ वर्षीया र्पावती शाहीको उपचार अभावमा ज्यान गएको हो । शुक्रबार दिउँसो सुत्केरी व्यथाले च्यापेपछि आफन्त र छिमेकीले प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रामा पु¥याएकी शाहीको रक्तश्राव नरोकिदा स्वास्थ्य चौकीले जिल्ला अस्पताल दैलेखमा रिफर […]