चट्याङ लागेर जुम्ला ५ सय भेडा मरे

कर्णालीपत्र संवाददाता ९ भाद्र २०७७, मंगलवार ११:३७

हस्त बुढा
जुम्ला, ९ भदौ । जुम्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिबब ५ सय भेडा मरेका छन् ।

बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेडा मरेका हुन् ।

पातारासी–४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसान गइरहेका छन् । क्षतिको यकिन विवरण भने केही समयमा आउने छ ।

चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेडापालक किसानको पुख्र्यौली पेसालाई नै  बज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेंडापालन हो ।

बुढथापाले भने, ‘सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको छ ।’

जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करिब ७ सय भेडा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लक्ष्यभन्दा कम राजश्व संकलन

९ भाद्र २०७७, मंगलवार ११:३७
सुर्खेत । गत आर्थिक वर्षमा आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले २५ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको भएपनि २३ करोड ४४ लाख राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा लक्ष्यभन्दा डेढ करोड कम राजस्व संकलन आर्थिक मामिला […]