विषालु च्याउ खाँदा डोल्पामा चार जना सिकिस्त बिरामी

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७७, सोमबार १२:५५

सुर्खेत — डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार माछल पाटनमा गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाहीले आइतबार साँझ च्याउ खाएका थिए ।

बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको बताए । ‘चारैजनाको अवस्था सिकिस्त छ, अब केही बेरमा हेलिकोप्टरबाट नेपालगन्ज पुर्‍याएर उपचार गरिनेछ,’ उनले भने, ‘पाटनबाट दुनै ल्याउन ६–७ घण्टा लाग्ने भएकोले हेलिकोप्टर मगाइएको हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइसोलेशनबाट भागे संक्रमित थुनुवा

८ भाद्र २०७७, सोमबार १२:५५
नेपालगञ्ज – कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ। खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन्। बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो। भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा […]