मंगलबार कर्णालीमा छ जना कोरोना संक्रमित थपिए, चार जना डिस्चार्ज

कर्णालीपत्र संवाददाता २ भाद्र २०७७, मंगलवार १५:०१

सुर्खेत, २ साउन । कर्णालीमा मंगलबार छ जना कोरोना संक्रमित थपिएका छन् भने चार जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । मंगलबार कर्णालीका चार वटा प्रयोगशालामा ६५५ जनाको स्वाव परीक्षण गरिएकोमा छ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का ५३ वर्षिया महिला, वडा नं. ६ का २५ वर्षिया पुरुष, वडा नं. ९ का २०,५० वर्षिया पुरुष, महावु गाउँपालिका–२ का ६० वर्षिया महिला र रुकुमपश्चिमको चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालमा गरिएको परीक्षणमा त्रिवेणी गाउँपालिका–१० का २२ वर्षिया पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए । ‘दैलेखका ५ जना र रुकुमपश्चिमका एक जना गरि मंगलबार छ जना कोरोना संक्रमित थपिएका छन् ।’ उनले भने,‘कर्णालीमा संक्रमितको संख्या २०८७ पुगेको छ ।’

त्यस्तै, मंगलबार कर्णालीका बिभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट चार जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए । ‘योसँगै कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १९३२ पुगेको छ ।’ उनले भने,‘हाल कोरोनाका संक्रिय विरामीको संख्या १४९ रहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सांसदसभा सदस्य ठम्मर बिष्टद्वारा निर्माणाधिन र  सम्पन्न भएका विकासका आयोजनाहरुको अनुगमन

२ भाद्र २०७७, मंगलवार १५:०१
  सुर्खेत, २ भदौ । कर्णाली प्रदेशसभा सदस्य ठम्मर बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा गएको आर्थिक बर्ष २०७६/७७ मा  निर्माणाधिन तथा सम्पन्न भएका पूर्वाधार आयोजनाहरुको अनुगमन गरेका छन् । अहिले देशभर कोरोनाको महामारी चुनौतीका बीच बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास निर्माणको कामको अनुगमन गरेका हुन् । प्रदेशसभा सदस्य बिष्टले गुर्भाकोट […]

सम्बन्धित शीर्षक