भुत्तानी लिएकै दिनमा भत्कियो तटबन्धन, गाउँ नै पहिरोका जोखिममा

कर्णालीपत्र संवाददाता ३१ श्रावण २०७७, शनिबार ११:५९


सुर्खेत, ३१ साउन । कालिकोटको पचालझरना गाउँपालिका–३ खार्दुमा निर्माण गरिएको तटबन्धन भुत्तानी लिएको दिनमा नै भत्किएको छ । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय कालिकोटबाट रु ३० लाखमा निर्माण गरिएको तटबनधन भुत्तानी लिएको दिनमा नै भत्किएको हो ।
गुणस्तरीय काम नहुँदा भुत्तानी लिएको दिनमा नै तटबन्धन भत्किएको स्थानीय जनक ऐडीले बताए । ‘तटबन्धनको काम गुणस्तरीय भएन ।’ उनले भने,‘भुक्तानी लिएको दिन साउन ३ गते नै तटबन्धन भत्कियो । गाउँ नै जोखिममा परेको छ ।’
गाउँको माथिबाट पहिरो बग्ने गरेको र निर्माण गरिएको तटबन्धन पनि पहिरोले भत्काएका कारणले गाउँ नै जोखिममा परेको पचालझरना गाउँपालिका–३ खार्दुका वडा अध्यक्ष लोकजन कडायतले बताए । ‘पहिरो नियन्त्रण गर्न बनाएको तटबन्धन भत्किएको सबैले देखेका छन् ।’ उनले भने,‘गाउँ नै जोखिममा रहेको छ । गाउँलेहरु अहिले बस्ती छाडेर लेकतिर बस्न थाले छन् ।’
खार्दु गाउँ पहिरोको उच्च जोखिममा रहेको बिषयमा २०६५ सालदेखि नै जिल्ला प्रशासन कार्यालय कालिकोट र सहरी विकास मन्त्रालय काठमाडौंमा पटक पटक गएको वडा अध्यक्ष कडायतले बताए । ‘हामीले बस्ती पहिरोको जोखिममा छ । बस्ती सार्नु पर्यो भनेर पटक पटक सिडियो र मन्त्रालय धायौं ।’ उनले भने,‘अहिलेसम्म कसैले पनि सुनुवाई गरेको छैन् ।’
साउन ३ गते आएको पहिरोमा परि एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको अहिले पनि गाउँमा पहिरोको त्रास रहेको वडा अध्यक्ष कडायतले बताए । ‘हाम्रा कुरा कसैले पनि सुन्दैनन् ।’ उनले भने,‘हामीले केही गर्न सक्दैनौं । माथिल्ला सरकारले हाम्रा कुरा सुन्दैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले कोरोनाविरुद्ध चाँडै ल्याउँछ : मोदी

३१ श्रावण २०७७, शनिबार ११:५९
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भाइरसविरुद्ध तीनवटा भ्याक्सिन बनाइरहेको दाबी गरेका छन् । भारतको ७४औं स्वतन्त्रता दिवसमा लाल किल्लामा भारतीय झन्डा लहराउँदै उनले यस्तो दाबी गरेका हुन् । उनले भारतका बैज्ञानिकहरु ऋषीमुनीजस्तै भएर भ्याक्सिनका लागि कडा मेहनत र साधना गरिरहेको बताए । ‘हाम्रा बैज्ञानिकहरु ऋषीमुनीजस्तै ज्यान लगाएर […]