Trending

शुक्रबार कर्णालीमा ५ जना कोरोना संक्रमित थपिए, ७ जना डिस्चार्ज


सुर्खेत, ३० साउन । शुक्रबार कर्णालीमा ५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा ५८१ जनाको स्वाव परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।
प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २५ वर्षिया पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला पातारासी गाउँपालिका–६ का २३ वर्षिया पुरुष र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका–१ का १६ वर्षिया पुरुष, वडा नं. ७ का ३३ वर्षिया पुरुष, डुङ्गेश्वर गाउँपालिका–२ का ४६ वर्षिया पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाले प्रमुख वृषबहादुर शाहीले बताए । ‘कर्णालीमा संक्रमितको संख्या २०५७ पुगेको छ ।’ उनले भने,‘शुक्रबार प्रदेशभर ५८१ जनाको स्वाव परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।’
त्यस्तै, शुक्रबार कर्णालीका बिभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ७ जना डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले जानकारी दिए । ‘कर्णालीबाट हालसम्म कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको छ ।’ उनले भने,‘हाल कोरोना संक्रिय संक्रमितको संख्या १४३ रहेको छ ।’