Trending

कर्णालीका तिन जिल्लामा आइसियु वेड थपिने


सुर्खेत, ३० साउन । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण दर बढेका कारणले त्यसको रोकथाम र नियन्त्रण गर्न कर्णाली प्रदेश तिन जिल्लामा आसियु वेड थप्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका दैलेख, सल्यान र कालिकोटका जिल्ला अस्पतालमा आईसीयू बेड थप्ने बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले गरेको हो ।
तिन जिल्लाका जिल्लाका जिल्ला अस्पतालमा आसियु वेड थप्नका लागि यसका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।
तीनवटै जिल्ला अस्पतालमा ५/५ वटा आईसीयू र १/१ वटा भेन्टिलेटर थप्ने सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘२ हप्ताभित्र आईसीयू र भेन्टिलेटर सुरु गर्ने काम अगाडी बढेको छ ।’ उनले भने,‘सुर्खेत र जुम्ला अस्पतालमा पनि आईसीयू र भेन्टिलेटरमा पनि थप गर्ने बिषयमा छलफल भएको छ ।’
कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा ४० आईसीयू र १७ भेन्टिलेटर रहेका छन् ।
त्यस्तै, प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गतेबाट कर्णाली भित्रिनेले सल्यानको कालिमाटीको काल्चे, कपुरकोट, सुर्खेतको बवई र कुइने नाकामा अनिवार्य आरटी पिसिआर रिर्पोट देखाउनु पर्ने निर्णय गरेको छ ।