Trending

कालिकोटमा पहिरोले घर बगाउँदा २ जना घाइते


सुर्खेत, ३० साउन । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–१ कोटबाडाको धारीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् । माथि खसेको पहिरोले घर पुरिदा घरमुली ७० वर्षिया नरबहादुर बिष्ट र उनका नाती रतन बिष्ट घाइते भएका हुन् ।
नरबहादुर बिष्ट अवस्था गम्भीर रहेको र नाती सामान्य चोट लागेको उनीहरुको कोटवाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षकुमार जोशीले बताए ।