कालिकाेट ।
कालिकोटको महावै गाउपालिका ३ मा हिजो राती गएको पहिरोमा परि ६ जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय रजबहादुर विष्टको घर पहिरोमा पुरिदा उनका दुई छोरा र दुई छोरी गरी ४ जना बालबालिकाको मृत्यु भएको हो । बिष्ट वडा सदस्य हुन ।

त्यस्तै, बिष्टका दाजु डिलबहादुर बिष्टको घर पहिरोले पुरिदा २ छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
मृत्यु हुनेमा रज बिष्टका १३ वर्षका छोरा पुष्प विष्ट, ११ बर्षका प्रविण, १८ बर्षिया छोरी सविना, १५बर्षिया आशा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । उनका अनुसार डिलबहादुर बिष्टका १३ बर्षिया छोरी शान्ति विष्ट र १९ बर्षिया रेखा बिष्टको पहिरोमा परि मृत्यु भएको छ ।